Skip to content

Resource

नेपालका २२ नगरपालिकाको आधारभूत विवरण सहित पार्श्वचित्र तयारी

साझेदारी अन्तर्गत २२ नगरपालिकाका आधारभूत विवरण सहितको पार्श्वचित्र निर्माण गरेको छ । यी आधारभूत विवरणहरू नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभागद्वारा संचालित सन् २०११ को जनगणनाबाट आएको विद्यमान सरकारी तथ्याङ्कका साथै २२ नगरपालिकाका स्थानीय सरकारहरूबाट संकलित तथ्याङ्क समेतलाई आाधार मान्दै निर्माण गरिएको छ ।नगरपालिकासँगको साझेदारी र परामर्शमा यी आधारभूत विवरणहरू कार्यसम्पादनको स्वरूपलाई स्पष्ट पार्न प्रमाणमा आधारित तथ्याङ्कको विश्लेषण तथा सचित्र विवरण प्रयोग गरी निर्माण भएकाछन् । यसले नगरपालिकाको संक्षिप्त रणनीतिक विवरण उपलब्ध गराउँछ । जसले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई केन्द्रबाट प्रदेश तथा पालिकाहरूमा हस्तान्तरण भएका क्षेत्रमा निश्चित अत्यावश्यक सार्वजनिक सेवाहरूको परिस्थितिबारे तत्क्षण बुझाइ उपलब्ध गराउँछ । यी आधारभूत विवरण नगरपालिकाका लागि महत्वपूर्ण कदम हुन् जसले कालान्तरमा विकासबारे मापदण्ड तथा सूचकहरू स्थापित गर्छन् र नगरपालिकाका लागि विकासका प्राथमिकताहरू निर्धारण गर्न र तथ्याङ्क एवं सूचनामा आधारित निर्णय गर्ने क्षमतामा सुधार ल्याउने छन् । यो तथ्याङ्कसँगै यस प्रयासले पुनर्गठित स्थानीय तहको सीमाङ्कनसँग सम्बन्धित सूचना तत्काल उपलब्ध गराउँदै नयाँ स्थानीय परिवेशमा सेवा प्रदान गर्नेबारे क्षेत्राधिकार तथा जनादेशलाई स्पष्टरूपमा परिभाषित गर्न सहयोग गर्छ ।यी आधारभूत विवरणलाई फ्लेक्स चार्टहरूसँगै थप अरु चार्टहरूको रूपमा देहायका २२ नगरपालिकाहरू तथा सम्बन्धित वडाहरूमा उपलब्ध गराइएको छ । अमरगढीबाग्लुङबनेपाबेलवारीभिमदत्तभीमेश्वरवीरेन्द्रनगरदमकधनकुटाधनुषाधामधरानदुल्लुघोराहीहेटौडाकलैयालहाननारायणरामग्रामतानसेनटिकापुरव्यासवालिङ

Read more about नेपालका २२ नगरपालिकाको आधारभूत विवरण सहित पार्श्वचित्र तयारी

Miscellaneous

Cambodia Business Environment Barometer 2025: Key Findings

Analysis

Strategic Environmental Assessment Scoping Study in Cambodia

Report

Access and Experiences of Care: Mental Health and Psychosocial Services and Support in the Maldives

Tatoli! A Survey of the Timorese People – 2025 Results