Skip to content

Resource

सन् २०१८ मा नेपाली जनताको सर्वेक्षण

सन् १९९० मा पहिलो वृहत् राजनीतिक आन्दोलनले बहुदलीय प्रजातान्त्रिक प्रणाली पुनर्स्थापना गरेदेखि सन् २०१७ मा सङ्घीय संरचनामा प्रवेश गरेको नयाँ गणतन्त्रका तीनै तहकालागि निर्वाचन सम्पन्न हुँदासम्ममा नेपालले अभूतपूर्व सामाजिक तथा राजनीतिक परिवर्तन अनुभव गरेकोछ । यति छोटो समयमै र यस्तो द्रुत गतिमा यति धेरै पथपरिवर्तक तथा ऐतिहासिक घटना हुँदा यसले एकातिर जनताका अपेक्षालाई बढाउनु र अर्कातिर परिवर्तित र नूतन यथार्थलाई आत्मसात गर्ने प्रक्रियामा केहि अन्यौल र चिन्ता सिर्जना गर्नु स्वाभाविकै हुन्छ । कुनैपनि परिवर्तनको सफलता वा विफलता त्यसलाई कसरी अपनाइन्छ र आफूलाई त्यसको सापेक्ष कसरी अनुकुलन गरिन्छ भन्नेमा निर्भर हुन्छ । विशेषगरि अत्यन्तै ठूला तथा आधारभूत परिवर्तन ल्याउने घटनाबारे यो अझै धेरै सत्य हुन्छ । नेपाली जनताले आफ्ना अपेक्षा र महत्वाकांक्षा सम्बोधन भएसम्म ठूलासाना सबै परिवर्तन स्वीकार्दै विपत र संकट पार गरेर स्वाभाविक जीवनमा फर्किन सक्ने क्षमता आफूमा भएको बारम्बार देखाएका छन् । नेपाली जनताका यस्ता अपेक्षा तथा महत्वाकांक्षा प्राय: आधारभूत आवश्यकता पूर्ति, जीविकोपार्जनका अवसरमा सुधार, सुरक्षाको अनुभूति, सन्तोषजनक सेवासम्म पहुँच, सम्मानसहितको जीवन बाँच्न पाउनु तथा सक्षम र सहानुभूति राख्ने नेतृत्व पाउनु आदि बारे हुनेगरेका छन् ।‘नेपाली जनताको सर्वेक्षण’ (यस अघि सन् २०१७ मा सम्पन्न) को यस अङ्कले पछिल्ला १२ महिनामा नेपाली जनताले बाँचेका र भोगेका अनुभवमा आधारित रहेर यिनै विविध पक्षबारे उनीहरूको अभिमत र आउँदा दिनका लागि उनीहरूको अपेक्षा तथा महत्वाकांक्षालाई पनि समेट्ने प्रयत्न गरेको छ ।

Read more about सन् २०१८ मा नेपाली जनताको सर्वेक्षण

Miscellaneous

Cambodia Business Environment Barometer 2025: Key Findings

Analysis

Strategic Environmental Assessment Scoping Study in Cambodia

Report

Access and Experiences of Care: Mental Health and Psychosocial Services and Support in the Maldives

Tatoli! A Survey of the Timorese People – 2025 Results